गरिबी निवारण गर्न सरकारले सुरू गर्‍यो ‘नेपाल जीवनस्तर सर्वेक्षण’

698
0
Share:

काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरू गरेको छ। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरू गरिएको जानकारी दिएका हुन्।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्‍याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्ने कामलाई अघि बढाएको बताए।

विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समुदायहरूको पनि तथ्यांक संकलनको कामलाई सुरू गरिएको जनाएको छ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाइल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्‍याएको छ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डाटा प्रोफाइल बनाउने काम भइरहेको समितिलाई जानकारी गराए।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम सुरू गरेको छ।

रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरू गरिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: