अमेरिकाले थाल्यो इराकमा हवाई आक्रमण

Share:

काठमाडौं, भाद्र ३१ । अमेरिकाले इराकमा चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)विरुद्ध पुनः हवाई आक्रमण गरेको छ । इस्लामिक स्टेट आइएसबिरुद्धको बिभिन्न मुलुकहरु सम्मिलित गठबन्धनको नेतृत्व गरिरहेको अमेरिकी सेनाका अनुसार हवाई हमला इराकका बिभिन्न क्षेत्रहरुमा गरिएको हो । इराकको माउन्ट सिञ्जार र राजधानी बग्दादको दक्षिण पश्चिममा गरिएको आक्रमणबाट इराकमा तैनाथ सेनालाई सहयोग पुग्ने अमेरिकी विश्वास छ ।

गत साता मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएसविरुद्ध आक्रमणको योजना सार्वजनिक गरेका थिए । ओबामाको उक्त योजनापछि अमेरिकाको आइएसविरुद्ध यो पहिलो आक्रमण हो । अमेरिकी राष्ट्रपति ओबामाले आइएसविरुद्धको अभियानमा अमेरिका सक्रिय रहेको भन्दै आइएसको प्रभाव निमिट्यान्न पारिछाड्ने वाचा गरेका छन् । ओबामाले गएको साता आइइसको बिरुद्ध लडाइको योजना प्रस्तुत गरेका थिए ।

american airways rnlaff16_1इराक र सिरियामा सक्रिय आइएसविरुद्ध अभियानअन्तर्गत ३० ओटा अरब मुलुकले पनि साथ दिने प्रतिबद्धता जनाएपछि अमेरिका उत्साहित भएको छ । पेरिसमा भएको बैठकमा ३० देशले आइएस बिरुद्ध कार्वाहीमा अमेरीकाको सहयोग गर्ने बताएका छन । आइएसले केही दिनअघि बेलायती नागरिकको हत्या गरेको थियो भने त्यसअघि दुई अमेरिकी पत्रकारको शीर छेदन गरेको थियो । 

यसैबिच इराकले आइएससगँको खतराबाट बच्नका लागी बोलाइएको अन्तराष्ट्रिय बैठकमा इरानलाइ नबोलाइएकोप्रति आलोचना भएको छ । इराकका बिदेशमन्त्री इब्राहिम अल जाफरीले यो फैसला असन्तोष ब्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
Share: