
पर्वत । पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर टम्केमैयु गाउँपालिका ५ का २१ वर्षीय डेबिट राई रहेका छन् । राई माझँ किरात केबुल नेटवर्क प्रा.लि.कास्कीमा काम गर्दै आएका थिए ।
पर्वतको मोदी गाउँपालिका १ सरौमा लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
लप्सीको बोटबाट अन्दाजी ३० मिटर टाढा रहेको थ्रि फेज विद्युतको लाईनमा विद्युत सर्ट भई करेन्ट लाग्दा घटनास्थलमा नै उनको मृत्यु भएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
