स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

Share:

पोखरा । गण्डकी प्रदेशका अमृत थापा मगरले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष एकलमा स्वर्ण जितेका छन् ।

शनिबार भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ३-१ को सेटमा हराएर स्वर्ण जितेका हुन् ।

ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा स्वर्ण जित्ने क्रममा अमृतले प्रवीणलाई ११-५, ३-११,११-७ र ११-४ को सेटमा पाखा लगाएका हुन् । फाइनलमा पराजित भएपछि प्रवीणले रजतमा चित्त बुझाएका छन् ।

पुरुष एकलमा प्रदेश ३ का राजेन्द्र शाक्य र प्रदेश २ का दीपक थापाले कास्य हात पारेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: