नयाँ वर्षको आगमनसँगै पोखरामा मनाइयो राष्ट्रिय झण्डा दिवस

Share:

पोखरा । नयाँ वर्षको आगमनसँगै पोखरामा राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को संयुक्त आयोजनामा पोखरामा आइतबार र्याली सहितको कार्यक्रम गरि दिवस मनाईएको हो ।

पोखराको मानवअधिकारचोक चिप्लेढुंगादेखी न्युरोड हुँदै सभागृहचोकसम्म राष्ट्रिय झण्डा सहितको र्याली निकालिएको आयोजक संस्था बासका अध्यक्ष शिवराज बस्ताकोटीले जानकारी दिए।

राष्ट्रिय पोशाक र झण्डा सहितको उक्त र्यालीमा पोखराका विभिन्न सामाजिक संघसंस्थाहरुले ऐक्यवद्धता सहित सहभागीता जनाएका थिए ।

संसारकै एकमात्र विशेष गणितीय आकारकोे नेपाली झण्डा नेपालीको साझा र मौलिक पहिचानको चिन्ह हो । नेपाली झण्डाको जनस्तरमा व्यापक प्रयोगलाई विश्वमय बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: