पोखरामा सुतेकै स्थानमा मृत फेला परे मोरङका चौधरी

Share:

पोखरा । पोखरामा एक पुरुष सुतेकै स्थानमा मृत फेला परेका छन् । मोरङ भट्टिमोड स्थायी घर भएका ५२ वर्षीय हरेन्द्र चौधरी सोमबार मृत फेला परेका हुन् ।

पोखराको औद्योगिक क्षेत्रभित्र टेन्ट टाईलमा काम गर्दै आएका चौधरी बिहान काममा पुगेका थिएनन् । काममा नपुगेपछि उनका साथीहरुले हेर्न पुग्दा सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी जानकारी दिएको छ ।

घटनाको विषयमा थप अनुशन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: