
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको क्लब युभेन्टस च्याम्पियन्स लिगको सेमीफाइनलमा पुग्न असफल भएको छ ।
मंगलबार राति भएको खेलमा युभेन्टस आयाक्ससँग २–१ ले पराजित भयो । पहिलो लेगमा दुवै टोलील. समान १–१ गोल गरेका थिए । समग्रमा ३–२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान डेर बिकले अफसाइड ट्र्याप बिट गर्दै बराबरी गोल फर्काए ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६७औं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा चुस्त प्रदर्शन गरेको आयाक्सले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र टोटनहम हट्सपरको विजेतासँग खेल्नेछ ।
