पोखराको न्यूरोडसहित तीन ठाउँमा बम भेटियो, सैनिक नायक घाइते (भिडियो सहित)

Share:

पोखरा। पोखराको न्यूरोडमा भेटिएको बम नेपाली सेनाको प्राबिधिक टोलीले निष्क्रिय पारेको छ ।

बिहिबार मध्यान्ह न्यूरोडस्थित पोखरा ट्रेडमलको पछाडी बिग एफएम नजिकै सडक छेउमा बम फेला परेको थियो।

टिनको वट्टामा टेपले बेरेर तार जडान गरी राखिएको अवस्थामा फेला परेको बम एक महिलाले ल्याएर छाडेको स्थानीयले बताएका छन् ।

यस्तै आज विहान पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन नजिकै सडक छेउ र पोखरा–२९ लेखनाथको सैनिक बस्तीको सडक छेउमा राखिएको बम नेपाली सेनाको काली भञ्याङ गणको प्राबिधिक टोलील निष्क्रिय पारेको थियो ।

नदीपुरमा राखिएको बम निष्क्रिय पार्ने क्रममा नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका थिए । देव्रे हातमा गम्भीर चोट लागेको थापालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

भिडियो::

कमेन्ट गर्नुहोस्
Share: