
पोखरा। मंगलबारसम्म देशका अधिकांश भू भाग हावाहुरी तथा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। देशको तराईका स्थानहरूमा हुरी बतासको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमानले जनाएको हो।
मंगलबारसम्म बिहान र दिउँसो मौसम खुले जस्तो भए पनि बेलुकी पख बदली भएर हुरीबतास र चट्याङ पर्नु स्वाभाविक हुने महाशाखाले जनाएकाे छ।
सोमबार र मंगलबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ।
आज राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
सोमबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
मंगलबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानहरूमा तथा पश्चिमी भूभागका एक दुइ स्थानहरूमा मेघ गर्जन/ चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
