
गोरखामा बिजुलीको काम गर्ने एक जना प्राविधिकको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको छ।
गण्डकी गाउँपालिकास्थित फुजेल चमतीका भुवन अधिकारीको पोलमा चढेर काम गर्ने क्रममा एक्कासी प्रवाह भएको करेन्टबाट मृत्यु भएको हो।
पोलमा काम गरिरहँदा कसैको लापर्बाहीको कारण करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन्। उनको शव पोलमा झुन्डियको अवस्थामा प्रहरीले निकालेको थियो।
कमेन्ट गर्नुहोस्
