
बिग न्यूज
पोखरा, १३ बैशाख । विवेकशील साझा पार्टी गण्डकी प्रदेशले भुकम्पमा दिवंगत भएकाहरुको सम्झना गरेको छ । पोखरा सृजनाचोकमा एक विशेष समारोहकाबीच पार्टीका अभियन्ता तथा अगुवाहरुले दीप प्रज्वलन गर्दै दीवंगत आत्माको चिर शान्तिको कामना गरेका थिए ।
भुकम्पको चौथो वर्षगाँठको अवसरमा पार्टीले दिवंगतहरुको सम्झना गर्दै सरकारलाई पुननिर्माणको कामलाई छिटो अगाडि बढाउन दबाब समेत दिएको छ । भुकम्प गएको यतिका वर्षसम्म पनि पुनर्निर्माणको कामले सोँचेजस्तो गति लिन नसकेको भन्दै यसतर्फ सरकारले चासो दिनुपर्ने विवेकशील साझा पार्टीको माग छ ।
भुकम्प र यसले निम्त्याएको क्षतीले सर्वसाधारण अझै पीडित रहेको अवस्थामा त्यही पुनर्निर्माणकै काममा पनि भ्रष्टचारीहरु सलबलाएको भन्दै त्यसतर्फ ध्यान दिन विवेकशील साझा पार्टी गण्डकीले आह्वान गरेको थियो । पार्टीका अभियन्ता तथा अगुवाहरुले प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराएका थिए ।
दीप प्रज्वलन तथा दबाब कार्यक्रम पार्टीका अभियान विभावका सँयोजक दीपक पौडेलको अगुवाईमा भएको थियो ।

