पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत अधिकारीको सरुवा

Share:

गोकुल बानियाँ , पोखरा २ असोज । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलराम अधिकारीको सरुवा भएको छ । धनुषाको स्थानिय विकास अधिकारीको रुपमा सरुवा भएको र औपचारिक पत्र भने प्राप्त हुन बाकी रहेको अधिकारीले बिग एफएमलाई बताए ।

अधिकारी २०६९ कार्तिक १६ गते पोखरा आएका थिए । पोखरा उपमहानगरपालिकाको सफल कार्यकारी अधिकृतको रुपमा चिनिएका अधिकारीले आफ्नो दुई बर्षे कार्यकालमा महत्वपूर्ण कामहरु गरेका छन् ।

Jhalkak

उनको कार्यकालमा पोखरा उपमहानगरपालिका कार्यालयको आन्तरिक सुधारको साथै पोखराको बिकासमा महत्वपूर्ण उपलब्धि हात पारेका छन् । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको एक बर्ष भित्रमा उनले एसियाली बिकास बैंकको कालो सूचीमा रहेको उपमहानगरपालिकालाई कालोसूची मुक्त गराएका थिए । उनकै कार्यकालमा पोखरा उपमहानगरपालिका मुलुककै उत्कृष्ठ तेस्रो नगरपालिकाको रुपमा पुरस्कृत पनि भयो ।

प्रशासकिय सुधार अन्तर्गत उनले अनाबश्यक ५५ जनाको दरबन्दी कटौती गरेका थिए । त्यस्तै कार्यालय भित्र सिसिटिभी जडान र बिद्युतिय हाजिरीको ब्यबस्था सहित सबै शाखामा सफ्ट्वयर प्रणालीको सुरुवात गरेका थिए । नगरपालिकाकै कर्मचारीको ७१ लाख पेश्की असुर उपर गरी शुन्यमा झर्न उनि सफल भए । अधिकारीले उपमहानगरपालिकाको राजश्व बृद्धीदरमा पनि उलेख्य सुधार गरेका छन् । यसअघि ११ करोडको हाराहारीमा रहेको राजश्व असुली १ सय १८ प्रतिशतमा पु¥याई ३० करोड रुपैया पुगेको छ ।

पोखराको सौन्दर्य बिगार्ने गरी अस्तब्यस्त फुटपाथ ब्यबस्थापन देखि न्यूरोड र लेकसाईडमा सौर्य बत्ती जडानको काम उनकै कार्यकालमा सम्पन्न भएको छ । पोखरामा भबन निर्माण संहित उनकै पालामा लागू भयो । उनले पोखराको एक मात्र सभाहल पोखरा सभागृह ब्यबस्थापनको लागि सार्बजनिक निजी साझेदारी अन्तर्गत निजि क्षेत्रलाई जिम्मा लगाए ।

प्राकृतिक सम्पदा संरक्षणको लागि फिर्के खोलाको मापदण्ड बिपरितका संरचना हटाउन सुरु गरेका उनले फेवातालमा मिसाईएको ढल हटाउने देखि तालमा मोटर लगाई पानी तान्न प्रतिबन्ध लगाए । फेवातालको सौन्दर्य बिगार्ने जलकुम्भी झार हटाउन उनकै पालामा मोवाईल सेवा प्रदायक कम्पनी एनसेलसंग १० करोडको सम्झौता भएको छ । सिर्जनाचोकमा ८ रोड लगानीमा उपमहानगरपालिकाको ब्यबशायिक भबन निर्माणको लागि उनलेनै कार्ययोजना अघि बढाएका थिए । केहि दिनमा सो भबनको शिलान्यास पनि हुने अधिकारीले बताए । पोखरा नगरक्षेत्रभित्र होडिङ बोर्डको ठेकेदारी प्रथालाई उनले अन्त्य गरे । सन् २०१५ देखि २०२५ सम्मको लागि उपमहानगरपालिकाको बिकासे रोड म्याप पनि उनले तयारी पारेका छन् । आफ्नो कार्यकालमा पोखरामा बैदेशिक लगानीको सम्पूर्ण बाटो खुल्ला गरिदिएको अधिकारीको दाबि छ ।

उनकै पहलमा एक महिनाभित्र चिनको कुनमिन नगरबाट ६ हजार लिटर क्षमताका दुई वटा दमकल पोखरा भित्रदैछ । ठुलो पहलपछि हुन लागेको दमकल हस्तान्तरण कार्यक्रममा भने सहभागिता जनाउने नपाउनु आफ्नो लागि दुखद भएको उनले बताए ।

दुई बर्षे आफ्नो कार्यकालको लागि बनेका योजना मध्य अधिकारीले प्लाष्टिक निषेधित क्षेत्र घोषणा र एकिकृत सम्पत्ती कर लागू गर्ने काम भने अपुरै रहेको जानकारी दिए । अधिकारीले १५ बर्ष अघि लम्जुङको ढोडेनी गाबिसको सचिबको रुपमा सरकारी सेवा सुरु गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: