
पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दी-भुम्दीका स्थानीय युवाहरु सफाई अभियानमा जुटेका छन् । उनिहरुले अहिले जथाभावी फोहोर फाल्ने देखि सचेतना अभियान गरिरहेका छन् ।
आज मात्रै उनिहरुले जथाभावी मरेको कुखुरा फाल्ने एक जनालाई पक्राउ गरे । आज बिहान स्थानीय शेषकान्त बरालले देखेपछि भ्यु पोइन्ट युवा क्लबको सक्रियतामा कुखुरा सप्लायर्सलाई रंगेहात पक्राउ गरिएको हो ।
पोखरा-१७ छोरेपाटनबाट ग ३ प ९९७६ नम्बरको बाइकमा गएका उनलाई पक्राउ गरिएको क्लबका अध्यक्ष सुन्दर बराल ‘धड्कन’ ले जानकारी दिए । उनको आग्रह अनुसार नाम खुलाइएको छैन् ।
पक्राउ परेका उनलाई पाँच हजार जरिवानासहित आगामी दिनमा फेरि सोही क्रियाकलाप दोहोरिए कडा कार्बाही गर्ने चेतावनी दिएर छाडिएको क्लबको सचिब कुशल बरालले बताए । यसअघि क्लबले जथाभावी फोहोर फाल्ने दुई जनालाई पक्राउ गरेको थिए ।
क्लबको सक्रियतामा पुम्दी-भुम्दीअन्तर्गत खाडेखोला, तिलार, ठुलिबिडि, भ्यु पोइन्ट, अर्चलबोट, कालीमाटीबाट जथाभावी छोडिएका छाडा चौपायालाई महनगरसंग सहकार्य गरेर महानगरको पशुघरमा छाडिएको थियो ।
यस्तै क्लबले राजमार्ग छेउछाउमा अवैधानिक ढङ्गले राखिएका होडिङ बोर्डहरु हटाउनुका साथै राजमार्ग आसपासमा पटकपटक सरसफाइ कार्यक्रम पनि गरिसकेको सचिब बरालले जानकारी दिए ।
अध्यक्ष बरालले आफू आफ्नो गाउँ ठाउँको विकासमा सधैं लागिरहने प्रतिबद्धता जनाए ।
यो पनि पढ्नुहोस::
पोखरामा जथाभावी फोहोर फाल्ने दुई जना रंगेहात पक्राउ
