
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गरेकी छन् । शुक्रवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा ४२ पल्ट ‘मेरो सरकार’ उच्चारण गरेकी छन् ।
पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला ‘श्री ५ को’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ! आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’
सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?
कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019
यस्तै काँग्रेसका सांसद गगन थापाले पनि राष्ट्रपतिको सम्बोधन प्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘म त नेपाल सरकारको ( जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’
म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?
— Gagan Thapa (@thapagk) May 3, 2019
कृपया मलाई मेरो अनभिज्ञता बाट मुक्त गरिदिनु होला जानकार हरु;
संसदमा सं राष्ट्रपति को सम्बोधन सुन्दै छु
"मेरो सरकार" भन्दै हुनुहुन्छ
यो पदावलीको प्रयोग सहि छ?? pic.twitter.com/caKZK3RbC1— bhusan dahal (@DahalTbd) May 3, 2019
यो सार्वभौम नेपाली जनताको सरकार हो कि राष्ट्रपतीको? हरे, के चलन पुनरावृत्त गर्या हो !
— Rameshore Khanal (@rameshore) May 3, 2019
