आलोचना आएपछि प्रकाशको खुलापत्र

Share:

दोहोरी ब्याटल र बोल माया फेम्ड प्रकाश सपुतले पछिल्लो पटक लुरुरु, हुरुरु बोलको नयाँ गीत निकालेका छन । सालको पातको टपरीको कपी गरिएको भन्दै सामाजिक संजालमा यो गीतको आलोचना भएको छ ।

यद्यपि गीत सार्वजनिक गर्नुभन्दा अगाडि नै प्रकाशले यो गीत सोही गीतबाट प्रभावित नै भएर निकाल्न लागेको बताएका थिए । तैपनी गीतलाई लिएर नियोजित रुपमा नराम्रा आलोचना आउन थालेपनि प्रकाशले मुख खोलेका छन । फेसबुकमा निकै लामो स्टाटस लेख्दै उनले आफू आलोचनाबाट डराएर नभाग्ने बताएका छन :

आदरणिय शुभेच्छुक ज्यू,

मैले आफ्नो कमजोरी स्विकार्दा पनि अलिकति सहानुभूति नराखेर लगातार व्यङ्ग्य र अपशब्दहरु आईरहनु मेरो सृजनालाई होईन मलाई कमजोर देखेर हो भन्ने महशुस गरिराछु । हुन पनि उमेरले काँचों छु, जति जनाले तुच्छ आलोचना गर्नु भएको छ उहाँहरु उमेर र अनुभव ले म भन्दा जेठो हुनुहुन्छ, म मुला फुच्चे लाई गन्ने कुरै भएन । संस्थागत हिसाबले म कुनै सम्मानित ओहोदा र पहुँचमा छैन, को डराउने मसंग ? स्वभावले भाबुक र अन्तरमुखी छु, लड्न जादैन । रुँदा उहाँहरुलाई रमाईलो लाग्ने नै भयो ।

यस अघिका प्रहारमा मेरो बोल्दिने र बचाउ गर्दिने कोहि छैनन भन्ने कुराको भेउ पाएकाहरुको यसपाली कन्फिडेन्स लेभल दोब्बर भयो । घाँस खाने देखि गु खाने सम्मको शब्द प्रयोग गर्न प्रेरित हुनुभयो उहाँहरु । आज दिनभरि एकदमै डिस्टर्ब महशुस भयो । अब गर्न सक्दिन भनेर हात उठाएको बेला हिम्मत गरेर “चरर बरर धरर गीत गरेको थिएँ । जसको प्रतिक्रियाले नयाँ उत्साह प्रदान गरेको थियो । ओई गाँठें केही गर्छु कि भनेर आफैले आफैलाई टिकाएँ । त्यसपछिका सृजनामा आफूलाई प्रमाणित गरेँ भन्ने लागेको थियो, तर मान्छेले अझै पत्याएका रैनछन नत्र यत्ति एउटा संयोगमा मलाई यति धेरै आलोचना आउने थिएन ।

मेरो लामो साँगीतिक ईतिहास छैन, भर्खर शुरुवात भएको छ । मैल केही गर्न सक्छु भन्ने आत्मविश्वास बल्ल बल्ल जुटाएको छु । मेरो कठोर संघर्षको मुख्य उपलब्धि नै यही हो-‘आत्मविश्वास’। विशुद्ध दर्शकको प्रतिक्रियाले उर्जा थप्छ । उहाँहरुको आफूप्रति चासो र शुभेच्छा छ है भन्ने लाग्छ । तर मलाई प्राप्त भएका केहि स्क्रिन शटहरु छन जसले स्टाटस र कमेन्ट लेख्नु भएको छ, केहीले मुखामुख हो मा हो मिलाउनु भएको छ ! उहाँहरु कहि न कहि निर संगीत भावनासंग प्रत्यक्ष जोडिनु भएको छ । कोही अग्रज कलाकार हुनुहुन्छ, कोही केही समय कलाकारिता गरेर छोडेको हुनुहुन्छ, कोही सक्रिय हुनुहुन्छ ।

नभए पनि केही साँगीतिक संस्थासंग कुनै न कुनै रुपमा अट्याच हुनुहुदो रहेछ । घर भित्रैको यस्तो प्रहार र व्यवहारले आत्मविश्वास डगमगाउछ । तर जस्तै परिस्थितिमा पनि काम गर्न नछोड्नु मेरो स्वभाव हो । दुख्ने, रुने तर गति कम गर्दिन । सके उड़ने नसके दौड़ने, नसके हिँड्ने त्यो पनि नसके घ्रिसिने तर सपना गन्तव्य र उद्देश्य नछोडने । पोहोर सम्म जुन निराशा थियो त्यो यसपाली छैन । घमण्ड नै गर्ने हो भने व्याटल र बोल माया दुई फरक धारका गीतले म नेपाली सबै किसिमका दर्शक स्रोता सम्म पुगिसकेको छु । म जिवनमा जे बन्न चाहन्थे त्यो बनि सकेँ । अब बाँकी केही काम गरेको देखाउनुपर्ने मात्रै छ जसका लागि टिक्नु पर्छ । टिक्नका लागि धेरै काम गर्नु पर्छ ।

धेरै काम गर्दा कहिँ न कहिँ गल्ति हुन जान्छ । तर यतिका वर्ष दुख गरेर देशमै केही गर्ने आत्मविश्वास जुटाएको एउटा उत्साह जोश र केही नयाँ गर्न प्रयास गर्ने कलिलो केटोलाई यसरी दुरुत्साहित गर्नुभयो भने समयले कँही न कँही गएर तपाईहरुलाई नमज्जा फिल अवश्य गराउने छ । नभए पनि पृथ्वी गोलो भन्छन कँहीकतै भेट हुँदा : मेरा दुई हात जोडिएर तपाईलाई नमस्कार गर्न मानेन भने ? सबैलाई मुस्कान बाँड्दै गरेका मेरा ओँठहरु तपाई निर आएर बन्द भए भने ? पाँच हज़ार अटाउने फ्रेन्ड लिस्टमा मेरो फ़ेसबुक अकाउण्टले तपाईलाई मात्रै बढि देख्यो भने ? तपाईको पनि त आत्मसम्मानमा ठुलो चोट पुग्नेछ ।अक्सर रियाक्ट गर्दिन तर सबैको तस्वीर र नाम मनमा बसिरहेको छ । सम्बन्धित सबैलाई अनुरोध छ यसरी लखेट्न तिरै नलाग्नुस । असल शुभेच्छुकले गाली त गर्छन तर नियत ख़राब हुनेहरुले बदनाम गरिदिन्छन ।
तपाईले गरेको गाली कि बदनामी ?

प्रोत्साहन होकि बर्बादी ? यदि बर्बादीमा रमाउदै हुनुहुन्छ भने तपाईलाई भर्खरै प्रदर्शित हिन्दी चलचित्र कंलकको यो डाईलग काम लाग्न सक्छ-‘जब किसी और कि बर्बादी अपनी जित जैसि लगे तो हम से ज़्यादा बर्बाद और कोई नही ईस दुनियामे ।’

कमेन्ट गर्नुहोस्
Share: