
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ बाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
बुधबार गाँजा सेवन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरको हो ।
उनीहरुबाट १ थान कटुवा पेस्तोल र १ सय ग्राम गाँजासमेत बरामद गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय २२ बर्षीय बिपिन पुन, २३ बर्षीय संजिव कुवँर, २६ बर्षीय केशव आचार्य र १९ बर्षीय शुसिल गुरुङ रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
कमेन्ट गर्नुहोस्
