मिस नेपाल २०१९ को उपाधि अनुष्कालाई

Share:

काठमाडौं । मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् ।

बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले ताज पहिरिन सफल भइन् ।

अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुष्का कमनवेल्थ बैंक अफ अष्ट्रेलियामा कार्यरत थिइन् ।

मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् ।

यस्तै प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बन्न सफल भए ।

यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर न्यासनलको उपाधि जिते ।

कमेन्ट गर्नुहोस्
Share: