सन्दीप लामिछाने भोलि स्वदेश फर्कने

Share:

पोखरा । आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइतबार नेपाल आउने भएका छन् ।

भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको हो ।

गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै मौका पाएका थिए ।

२०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।

यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिए ।

आइतबार नेपाल आए पनि उनले आसन्न प्रधानमन्त्री कप खेल्न नखेल्ने बारे अहिलेसम्म टुंगो लागिसकेको छैन ।

उनी प्रदेश तीनबाट खेल्ने सम्भावना रहे पनि यसबारे औपचारिक जानकारी सोमबार आउने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: