काठमाडौंको दुई ठाउँमा विस्फोट: तीन जनाको मृत्यु

Share:

काठमाडौं। काठमाडौंको दुई ठाउँमा भएका विस्फोटमा परेर तीन जनाको मृत्यु भएको छ। विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

काठमाडौंका अनामनगर र सुकेधारामा सिलिन्डर विस्फोट भएका हुन्। जसमा अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो भने सुकेधारमा २ जनाको मृत्यु भएको हो। घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: