
काठमाडौं । राजधानीमा आइतबार अपरान्ह छुट्टाछुट्टै स्थानमा भएका दुई विस्फोट बम तयार गर्दैगर्दा भएको आशंका गरेको छ। यस्तै तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
घट्टेकुलोमा घरभित्र भएको विस्फोटमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। घट्टेकुलोको घटनास्थलबाट प्रहरीले विप्लवको बन्द सफल पार्न आह्वान गरिएको पर्चासमेत फेला पारेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीले दुवै घटना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सोमबारका लागि आह्वान गरेको नेपाल बन्दको तयारीका लागि विस्फोटक पदार्थ तयार गर्न क्रममा घटना भएको हुन सक्ने जनाएको छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
