पोखराका तीन ठाउँमा भेटियो शंकास्पद वस्तु

Share:

पोखरा । पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शंकास्पद वस्तु भेटिएको छ ।

सिर्जनाचोकको एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

ती शंकास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।

यसअघि गत वैशाख ५ गते पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक घाइते भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: