एसपी सरुवा: कास्कीमा कार्की आउने, राना जाने

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेसँगै कास्कीमा अब दानबहादुर कार्की आउने भएका छन् ।

गुल्मी घर भएका कार्की प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । गएको वर्ष वैशाखमा कास्की आएका रानाको प्रहरी प्रधान कार्यालय काठमाडौंमा सरुवा भएको छ ।

पोखरा २२ पुम्दी-भुम्दीकी श्रेया बिकको हत्यारालाई २४ घन्टा नपुग्दै पक्राउ गरेपछि रानाले नेतृत्व गरेको कास्की प्रहरीको चर्चा चुलिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: