प्रेस स्वतन्त्रताको पक्षमा सुरु गरेको महासंघको आन्दोलनमा साथ दिन आह्‍वान

255
0
Share:

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन् ।

अध्यक्ष आचार्यले महासंघको लोकतन्त्रको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, नागरिक अधिकारको पक्षमा सुरु गरिएको आन्दोलनलाई पक्ष र विपक्षमा कैद नगर्न पनि आग्रह गरे । “अधिकारहरुको हक, हितको पक्षमा गरिएको आन्दोलन कसरी गलत हुन सक्छ ?” अध्यक्ष आचार्यको तर्क थियो ।

सहिद पत्रकारहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताको एजेण्डालाई लिएर सुरु भएको महासंघको आन्दोलनबाट आफूहरु विचलित नहुने दृढता पनि व्यक्त गरे । अध्यक्ष आचार्यले पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पछिल्लो समय सुरु गरेको आन्दोलन सफल भएरै छाडने दाबी गरे ।

अध्यक्ष आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको आन्दोलनलाई सफलतामा पुर्‍याउन सबै पत्रकाहरुले आआफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष आचार्यले तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेयता मात्रै ३७ जना पत्रकार मारिएको उल्लेख गर्दै उनीहरुको हत्यारा पत्ता लगाई तत्काल कार्वाही गर्न पनि सरकारसँग माग गरे । महासंघले सशस्त्र द्वन्द्वकालयता वेपत्ता भएका पाँच जना पत्रकारहरुको स्थिति सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: