
काठमाडौं– महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप सुनापाती गाउँपालिका–६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका–५ फेदीगुठ घर भई हाल काठमाडौं बौद्ध जारपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका–३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेम बहादुर कटवाल, खोटाङ, खोटेहाङ गाउँपालिका– ९ घर भई हाल त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका–२ कोटबेशी बस्ने २२ वर्षीय भिजन कार्की रहेका छन् ।
चोरीका मोटरसाइकलहरूको नम्बर परिवर्तन गरी प्रयोग गर्ने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, उदयपुर, सिन्धुपाल्चोक, महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौं तथा महानगरीय अपराध शाखा भक्तपुरसँगको समन्वय तथा सहयोगमा वैशाख २४ गतेदेखि जेठ १० गतेसम्म पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
