
बिग न्यूज
पोखरा, १७ जेठ । साझा विवेकशील पार्टीको नवलपुर जिल्ला सँयोजक घोषणा कार्यक्रम आज हुँदैछ । पार्टीको प्रदेशस्तरिय संरचना निर्माणपछि साझा विवेकशील यतिबेला जिल्ला संयन्त्रको निर्माणमा लागिरहेको छ । वैकल्पिक राजनीतिको उद्घाषसहित शुरु भएको साझा विवेकशील पार्टीले कल्याणकारी लोकतन्त्रको वकालत गर्दै आएको छ ।
शुक्रबार आज हुने जिल्ला सँयोजक घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र मिश्रसहित पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य, केन्द्रीय सदस्य मुमाराम खनाल, केन्द्रीय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, पार्टीकै गण्डकी प्रदेश सँयोजक महेश भण्डारी लगाएतका नेताहरुको उपस्थिती रहनेछ ।
नवलपुरको कावासोतीमा हुने कार्यक्रममा देशभरका साझा विवेकशील पार्टीका अगुवाहरुको उपस्थिती रहने पार्टीले जनाएको छ ।
पछिल्लो पटक जिल्लास्तरिय संगठन निर्माणमा जुटेको साझा विवेकशील पार्टीले त्यसलगत्तै गोरखा र कास्कीमा जिल्लास्तरको पार्टी सँयोजक घोषणा गर्ने जनाएको छ ।
स्तै पार्टीले नवलपुरमै शनिबार प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम समेत हुने जानकारी दिएको छ । गण्डकी प्रदेशका १ सय भन्दा बढि सदस्यलाई पार्टी अभियान केन्द्रीत प्रशिक्षण दिइने पार्टीले जनाएको छ।
