भरतपोखरीमा बलात्कार पछि हत्या गर्ने बिक पक्राउ

Share:

पोखरा ७ असोज । कास्कीको भरतपोखरीमा महिलालाई बलात्कार पछि हत्या गर्ने एक जना पक्राउ परेका छन् । भरतपोखरी–७ चिलाउनेको चौतारा घर भएका ३३ बर्षिय बिष्णुमाया भूजेलको बलात्कारपछि हत्या गरेका सोहि गाबिस वडा नम्बर ६ का २२ बर्षिय दुर्गे भनिने याम बहादुर बिक पक्राउ परेका छन् । बिकले असोज १ गते भूजेललाई बलात्कार गरी घाटि थिचेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन् ।

कास्की प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । असोज १ गते बिश्वकर्मा पुजाको दिन दिउसो स्थानिय चिरुवारी पुल नजिक भेटेको र पिछा गर्दै गई जवरजस्ती जंगलमा लगेर बलात्कार गरी हत्या गरेको प्रहरी उपरिक्षक बसन्त कुमार लामाले जानकारी दिए ।विकले विश्वक्रर्माको पुजाको दिन मदिरा सेवनका कारण सबै घटना भएको बताए ।

hatara-sarbajanik-pkr

 

मदिराले मातेका उनले भूजेललाई एक्लै देखेपछि पिछा गरेको र बलात्कार पछि सलले पासो लगाई हत्या गरी उनिसंग भएको नगद १० हजार, मोवाईसेट र कानमा लगाएका सुनको दुई ओटा मुद्रा लिई फरार भएका थिए । वनपालेको समेत काम गर्र्दै आएकी भूजेल अस्वस्थ रहेकाले प्रतिकार गर्न सकिनन् र घटनावारे तत्काल कसैसे सुईको समेत पाएनन् ।

घटना असोज १ गते भएपनि प्रहरीमा असोज ३ गते मात्रै मृत शब फेला परेको जानकारी आएको थियो । घटनास्थलमा पुगेको प्रहरी निरिक्षक देबि प्रसाद पौडेल नेतृत्वको प्रहरी टोलिले प्रारम्भिक अनुसन्धानको क्रममा शबको प्रकृति हेर्दा हत्या आशंका गरी अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले बिकको साथमा भएको मृतकको मोवाईल सम्पर्कको आधारमा असोज ६ गते सोमवार पोखराको पृथ्बीचोकबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट भूजेलबाट लुटी लगेको दुई ओटा सुनको रिङ, नगद ३ हजार ४ सय २० र मोवाई सेट बरामद गरेको छ । अनुसन्धान पछि उनलाई आबश्यक कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: