साथीको हत्या गरी फरार रहेका मोतीधन १० महिनापछि पक्राउ

392
0
Share:

खोटाङ । आफ्नै साथीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खोटाङ घर भएका ३६ वर्षीय धिरज भन्ने मोतीधन राई रहेका छन्।

उनलाई शुक्रबार अपरान्ह पक्राउ गरिएको हाे । उनले गत भदौ २ गते आफ्नै साथी छत्र बहादुर कुलुङ राईको हत्या गरेका थिए।

उनीहरूले रक्सी सेवन गरेको र निजहरूबीच विवाद भएपछि हानाहानको स्थिति आएको र धिरजले छत्रबहादुरलाई बाँसको दाउराले प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। निजमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
Share: