
पोखरा । गण्डकी प्रदेशमा सोमबार देखि पानी मुल्य घटने भएको छ । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले भोलि सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको भएको हो ।
वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र बोटलको पानीको मुल्य घटाएको नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष युदनाथ अधिकारीले जानकारी दिए।अधिकारीले पहिले जारको मुल्य बजारमा ७० रुपैया भएकोमा अव देखि ६० रुपैया र एक लिटर बोटल पानीको मुल्य २५ बाट घटाएर २० रुपैया कायम गरिएको बताए ।
विदेशबाट समेत पानी आयत हुन थालेपछि देशको ठुलो रकम बाहिरीएको हुँदा मुल्य घटाइएको हो ।नेपाल खानेपानी संस्थानले वितरण गरेको पोखराको खानेपानी सोझै पिउन सक्ने अवस्था नभएपछि हिजोआज पोखरामा जार र बोटलको पानीको माग बढ्दो रहेको छ ।
