
पोखरा । विश्व वातावरण दिवसको अवसरमा अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम, बाटुलेचौर, पातञ्जल योग समिति गण्डकी प्रदेश समिति र कास्की समितिको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ ।
पोखरा महानगरपालिकाको वडा नं. १६ बाटुलेचौरमा बुधबार अन्नपूर्ण बाल आश्रमको फार्म हाउसमा वृक्षारोपण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि कृषि विकास मन्त्रालयका पूर्वसहसचिव तथा लिबर्ड बोर्ड सेक्रेटरी बेनीबहादुर बस्नेतले ‘बिरुवा रोपेर मात्रै हुँदैन संरक्षण गर्नुपर्छ’ भने । उनले बिरुवा रोप्ने तरिका तरिका सिकाउँदै कृषि सम्बन्धि प्राविधिक ज्ञान उपयोग गरी वातावरण सफा, स्वच्छ बनाउन सकिने कुरा प्रस्टाए ।
पातञ्जल योग समिति कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि अन्नपूर्ण बाल आश्रमका सञ्चालिका शारदा बस्नेत, पातञ्जल योग समिति केन्द्रिय सदस्य प्रदिप कुमार श्रेष्ठले वृक्षारोपण गर्नुको फाइदा बताउँदै यस्तो कामलाई निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रम कमला गुरुङले सञ्चालन गरेकी थिईन् ।

