नेकपा सचिवालय बैठक १२ बजेका लागि सर्याे

Share:

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहान ९ बजे बस्ने भनिएको बैठक १२ बजेका लागि सारिएको छ । मंगलबार र बुधबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउन नसकेपछि बैठक आजका लागि बोलाईको थियो । नेताहरुको व्यस्तताले बैठक १२ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डलाई लिएर नेकपामा कुरा मिलेको छैन । आजको बैठकमा लगातार दुई दिन बसेको सचिवालयको बैठकमा भएका छलफलमाथि थप छलफल गरेर टुंग्याइने पार्टी प्रवक्ता नारायाणकाजि श्रेष्ठले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: