पोखरा अन्तराष्ट्रिय विमानस्थलको बाधक बन्यो डाँडा

Share:

कास्की । पोखरामा निर्माण भईरहेको अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण र उडान गर्दा करिब २५ मिटर डाँडा काट्नुपर्ने भएको छ । पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलमा विमान अवतरण र उडान गर्दा असहज हुने भएकाले पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठ्ठेपानीमा करिब २५ मिटर डाँडा काटुनुपर्ने भएको हो ।

डाँडा काट्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको बताउँदै उनले त्यसका लागि जग्गा धनिनै तयार भईसकेको प्रस्टाए ।

स्थानीले नेपाल सरकार, पोखरा महानगरपालिका सबै तिरबाट अनुमति लिएर डाडाँ काट्ने बताए । उनले करिब ४ सय रोपनी क्षेत्रफलको डाँडा काट्नुपर्ने बताए । पोखरा विमानस्थलको अहिले सम्म करिब ३८ प्रतिशत काम सम्पन्न भईसकेको छ भने रन–वे पनि सकिएसको छ ।

कमेन्ट गर्नुहोस्
Share: