
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार एकजना लाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. २ भोर्लेटारचोक बस्ने वर्ष ४२ को राजन पन्थ रहेका प्रहरीले जनाएको छ ।
ऋषिङ गाउँपालिका वडा नं. १ स्थित कोईदिममा गत शनिबार ऋषिङ १४ की १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी पश्चात ग १० प ६०२१ नं. को मोटरसाईकल चढी भागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको ।
उक्त सुचना प्राप्त भए पश्चात तत्काल प्रहरी टोली खटि भाग्न सक्ने सम्भावित स्थानहरुमा प्रहरी परिचालन गरी खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
स्थानिय र पिडित किशोरीको सहयोगमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ कोईदिमघाटमा ग १० प ६०२१ नं. को मोटरसाईकल चढी भाग्दै गरेको अवस्थामा पन्थ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।
उक्त घटनामा संलग्न पन्थ लाई फेला पारी नियन्त्रणमा लिई तत्काल पिडित र पिडक दुबैको स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।
पिडित पक्षबाट जाहेरी दरखास्त लिई पन्थ विरुद्ध जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।
