एसिड प्रहार गर्ने बद्रिविशाललाई चार वर्ष कैद

423
0
Share:

दाङ । दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो ।

मिश्रले घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि विसं २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, रु एक लाख जरिवाना र पीडितलाई रु एक लाख ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो ।अदालतले जरिवाना स्वरूपको रु एक लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको छ । उक्त घटनाका अन्य आरोपित घोराही–१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: