कारको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

441
0
Share:

मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै बुधबार राति कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ ।

काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवापनुरल जनाएको छ । ठक्कर दिने कार तथा कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: