
मकवानपुर । हेटौंडा– १५ स्थित पूर्वपश्चिम लोकमार्गमा एक ट्रकबाट ५४ किलो गाँजा बरामद गरिएको छ । शुक्रबार मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक अरुणकुमार कुसवाहासहितको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
ना ३ ख ५३४० नम्बरको ट्रकको अगाडिपट्टिको सिलिङमा फल्स बटम बनाएर दुई वटा बोराभित्र २७ वटा प्लास्टिकले बेरिएको पोकामा लुकाइ ल्याइएको ५४ किलो गाँजा बरामद गरिएको हो ।
प्रहरीले ट्रक, ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–२ बस्ने वर्ष २८ का रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने वर्ष ४४ का सञ्जय महतोलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
