पाँचथरमा युवतीको हत्या

Share:

पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिकामा मंगलबार एक युवतीको हत्या भएको छ । हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको हो ।

युवती इलामको माइजोगमाई गाँउपालिका घर भई फिल्ड कर्मचारीको रुपमा कार्यरत थिईन् । कार्यालयबाट फिल्डमा खटिएको कर्मचारी दिउँसो–४ बजेसम्म सम्पर्कमा नआएपछि खोजीनीति गरेपछि खुल्न आएको प्रहरीले जनाएको छ ।

खोजी गर्दा उनको घाँटीलगायत विभिन्न ठाँउमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । उनको हत्या भएको प्रहरीको आशंका छ । झोला र छाता बाटो र बाटोभन्दा करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: