१५ वर्षीया बालिकामाथि जबर्जस्ती गर्न खोज्ने ३२ वर्षे नवीन पक्राउ

Share:

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक बालिकालाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए ।
आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीया बालिकाले हल्ला गरेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: