तनहुँमा दलित पत्रकारहरुको समिति गठन

Share:

असार ७ तनहुँ । तनहुँका सञ्चारमाध्यामहरुमा कार्यरत रहेका दलित समुदायका पत्रकारहरुको समिति गठन भएको छ । राष्ट्रिय दलित पत्रकार संघको कार्ययोजना अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौडामा सम्पन्न भएको विशेष भेलाले एसवि नेपालीको संयोजकत्वमा समिति गठन गरेको हो ।

अशोक विश्वकर्मा सहसंयोजक रहने गरि शुक्रबार १३ सदस्यीय दलित पत्रकार संघ जिल्ला भेला तदर्थ समिति गठन गरिएको हो । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय सदस्य गोपाल बराइली र सल्लाहकार अनिल परियारको उपस्थितिमा समिति निर्माण गरिएको छ ।

भेलामा बोल्दै केन्द्रिय सदस्य बराइलीले दलित समुदायबाट पत्रकारितामा लागेका पत्रकारहरुको एकतालाई जोड दिने उदेश्यले देशै भरि समिति निर्माणलाई तिव्रता दिइएको बताए । उनले दलित पत्रकारहरु संगठित भएर हक र अधिकारको लागि जागरुक बन्न आवश्यक रहेको भन्दै केन्द्रिय समितिले जिल्ला समितिलाई निर्देशन गर्ने जनाए ।

समितिमा पूर्ण विके, रामशरण नेपाली, सम्झना रसाइली, सन्तोष विक, ज्योति विक, अन्जान परियार, जस्मिन विक, अमृत परियार, अस्मिता विक, शालिकराम विक, मुना कालिराज विक सदस्य रहेका छन् । जिल्ला भेला तदर्थ समितिले आगमी श्रावण महिनाको दोस्रो हप्ता जिल्ला भेला आयोजना गर्ने संयोजक नेपालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: