बाढी अलर्टः गण्डकी र कर्णाली प्रदेशमा सतर्क हुन आग्रह

Share:

काठमाडौं । आज देशभरजसाे पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौमस पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज खासगरी मध्य र पश्चिमका केही स्थानमा ठूलाे वर्षा हुने सम्भावना छ। याे क्रम मंगलबारसम्मै जारी रहने मौसमी संकेत रहेको उनले बताइन्।

यता आज गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा चुरे क्षेत्रका साना खोलाहरुमा तीब्र वहावको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो महाशाखाले जारी गरेको बाढी सम्बन्धी सूचनामा भोलि बिहान सम्म तराई र पहाडको बेसीहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पहिरोग्रस्त क्षेत्रहरुमा लेदो सहित आकस्मिक वहावको सम्भावना रहेको जनाइएको छ । भोलि दिउँसो र पर्सि भने जोखिम न्यून रहेको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: