महाआजिजामा तेस्रो दिन शर्माले जिते २ हजार

Share:

बिग न्यूज पोखरा, ११ असोज । रेडियोबाटै आफ्ना स्रोताहरुसंगै दशैँलाई उल्लासमय बनाउने उद्देश्यसहित पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले सुरु गरेको ‘महा आजिजा’ जारी छ । पैसाको खेल रेडियोमा भन्ने थिममा खेलाईने यो खेलमा सहभागि भएर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने एफएमले जनाएको छ । कसले कति जित्लान्, सहभागी श्रोताकै क्षमतामा भर पर्दछ ।

महाआजिजाको तेश्रो दिन ५ जनाको सहभागीता रह्यो । सहभागी हुनेहरुमा अमर गुरुङ, रत्न सुनार, शिवकुमार श्रेष्ठ, प्रदीप गौतम र इश्वरी शर्मा रहेका थिए । इश्वरी शर्माले रु २००० जित्न सफल भए भने प्रदीप गौतम र रत्न सुनारले जनही रु १००० जित्न सफल भएका छन् । यसैगरी अमर गुरुङ र शिवकुमार श्रेष्ठले भने रु १०० बरबरको रिचार्ज कार्ड जित्न सफल भएका छन् ।

दशैँको अवसर पारेर हरेक वर्ष विग एफएमले ‘महा–आजिजा’ खेलाउँदै आएको छ । यो पटकको ‘महा आजिजा’लाई जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले मुख्य प्रायोजन गरेको छ । गेम शोमा सहभागिताका लागि स्रोताहरुले एसएमएसमार्फत आफुलाई दर्ता गराउनुपर्नेछ । दर्ता हुनका लागि स्रोताहरुले Big Space FM टाईप गरि ४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा पैसा जित्दै जानेछन् ।

कार्यक्रम संयोजक सन्जोक बस्यालका अनुसार प्रत्येक सहभागीलाई ५ ओटा प्रश्नहरु सोधिने छ । पहिलो दोस्रो र तेस्रो प्रश्नमा चार चार ओटा अप्सनहरु रहनेछन् भने चौथो र पाँचौँ प्रश्नमा कुनै पनि अप्सन रहनेछैन । प्रत्येक सहभागीले दोस्रो र तेस्रो प्रश्न मध्य एउटामा ‘लाईफ लाईन’ पाउनेछन् । प्रतियोगीलाई हरेक प्रश्नमा एक मिनेटको समय दिईनेछ । हरेक प्रश्नको उत्तर एक मिनेट भित्र दिई सक्नुपर्नेछ । समय सुरु हुन भन्दा अगाडि नै सहभागीले उत्तर दिएमा खेल रद्द गरिनेछ । खेल सम्बन्धि अन्तिम निर्णयको अधिकार सन्चालकमा रहनेछ । महा आजिजा हरेक दिन साँझ ७ बजेदेखि शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: