रूकुममा जीप दुर्घटना हुँदा पाँच घाइते तीनजनाको अवस्था गम्भीर

Share:

रुकुमपूर्व । रुकुमकोटको सस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे जीप दुर्घटना हुँदा हुँदा पाँच जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सडकबाट १५ मिटर तल खसेको हो ।

दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महिनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम पश्चिमका २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भइरहेको छ ।

गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम पश्चिमका २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: