
रजतपटमा भने ‘अब रेखा हैन शिल्पा नम्बर वान/ शिल्पाले माने विहे गर्न पनि तयार’; भन्दैमा भईहाल्ने र नभन्दैमा नहुने हुँदैन । तर जे होस रेखाका गडफादर छवि ओझाले पहिलो पटक रेखाको विपरित बोलेका छन् ।
रेखासंग पूर्ण सम्बन्ध सकिएको छनक पनि यहि अन्र्तवार्ताले देखाएको छ । नयाँ हिरोइन शिल्पा पोखरेललाई काध थापेर हिडेका छविले रजतपटसंगको एक्सक्लुसिभ ईन्टरभ्यूमा रेखालाई कमजोर र शिल्पालाई नम्बर वान हिरोइनको संज्ञा दिएका छन् । रेखा विरुद्ध यस्तो भनाई छवि ओझाबाट पहिलो पटक आएको हो ।
एक थ्री स्टार होटलमा कफि पिउन पुगेका बेला लिईएको ईन्टरभ्यूमा छवि र शिल्पाले आफूहरुको विहे हुन सक्ने सम्भावना पनि देखाएका छन् । ईन्टरभ्यूमा शिल्पाले समेत अचम्म लाग्दो जवाफ दिएकी छिन् ।
कमेन्ट गर्नुहोस्
