विहानै अछाममा बस दुर्घटना, १५ जना घाइते, चारको अवस्था गम्भीर

Share:

अछाम । अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुतको ना ७ ख २५६४ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेको हो ।घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भैरहेको छ । विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई ‘साइड’ दिने क्रममा सडक भासिँदा बस खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: