
पोखरा । स्वतन्त्र सांसद निर्वाचित भएका राजीव गुरुङ (दिपक मनाङे) नेकपा प्रवेश गर्ने भएका छन्। नेकपाकै समर्थनमा स्वतन्त्र मनाङ ‘ख’ बाट निर्वाचित भएका उनी भोलि नेकपा प्रवेश गर्ने भएका हुन् ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने भएका छन्।
ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका उनी थुनामुक्त भएपछि गत माघ १४ गते शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए। सांसद गुरुङ त्यसबखत २७ हजार ३७५ रूपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए।
कमेन्ट गर्नुहोस्
