
गोरखा । गोरखामा न्वारानको भोज खाएका ४० जना स्थानीय वासिन्दा एकै पटक बिरामी परेका छन् । शहीद लखन गाउँपालिका–६ वतासेका करिब ४० जना स्थानीय वासिन्दा एकै पटक बिरामी परेका हुन् ।
फुड पोइजनका कारण बिरामी भएको हुनसक्ने अनुमान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए । ‘सोमबार स्थानीय फुलमाया श्रेष्ठको घरमा छोराको न्वारानको भोज रहेछ, त्यही भोज खाएपछि बिरामी परेका रहेछन्,’ उनले भने । उनीहरुमा टाउँको दुख्ने, ज्वरो आउने, वान्ता हुने तथा पखाला लाग्ने जस्ता समस्या देखिएको थियो ।
भोजमा कुखुराको मासु खाएका जति बिरामी परेकाले मासुकै कारण फुड पोइजन भएको अनुमान गरिएको छ । मासु नखाएकालाई केही नभएको उनले जानकारी दिए। घैरुङ स्वास्थ्य चौकी र गाउँपालिकाको स्वास्थ्य शाखा टिमले विरामीको उपचार गरिरहेको छ ।
