
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले परित भएको छ । शुक्रबारको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको ३२ अर्ब १३ करोड रुपैयाँको बजेट बहुमतले परित गरेको हो ।
प्रदेशका अर्थमन्त्री किरण गुरुङले असार १ गते प्रदेशसभामा बजेट पेश गरेका थिए । बजेटमा विभिन्न मन्त्रालयगत छलफल भएपछि सभामुख नेत्रनाथ अधिकारीले आज बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
