सुशील वनस्पति घ्यू उद्योगमा आगलागी, अझै नियन्त्रणमा आउन सकेन

Share:

पर्सा । वीरगन्ज महानगरपालिका–२१ परवानीपुर नजिकै रहेको सुशील वनस्पति घ्यू उद्योगमा शुक्रबार राति २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

विद्युत सट भई सुरु भएको आगोलाई वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया नगरपालिका अमलेखगञ्जलगायतका ठाउँबाट आएका सात वटा दमकल, स्थानीय, सुरक्षाकर्मीलगायतले नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ।

घ्यू, तेल उद्योग भएको कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको प्रहरीले बताएको छ। क्षतिको विवरण भने अहिले नै यकिन हुन नसकेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: