डडेलधुराका दुई स्थानमा शंकास्पद वस्तु फेला, अछाम,कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहका कार्यालय र वडा कार्यालयमा तालाबन्दी

Share:

पोखरा । डडेलधुराका दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ । जिल्लाको परशुराम नगरपालिका–१० र ९ को वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि शंकास्पद वस्तु भेटिएको प्रहरीले जाएको छ ।

वडा कार्यालयमा ताला लगाएर तालामाथी सकेट बम जस्तो देखिने वस्तु राखिएको छ बताइएको छ । शंकास्पद वस्तु भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको जनाइएको छ । नगरपालिकाको ८ नम्बर वडा कार्यालयमा पनि तालाबन्दी गरिएको छ ।

यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछाम,कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेको छ । पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो । तालाबन्दी गरिएका वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्युरोको पर्चासमेत भेटिएको बताइएको छ।

वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार गर्नेतर्फ लक्षित भएको र त्यसकाविरुद्ध पार्टीले सुरु गरेको अभियानअन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ। आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धका विरुद्ध पनि चरणबद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ।

विप्लव समूहका एक नेताका अनुसार अछामका १२ वटा, कैलालीका १४ वटा, कञ्चनपुरका ९ वटै स्थानीय तहका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: