
पोखरा, १३ असोज।रत्नासेवा समाज क्लब कसेरी, सत्य युवा क्लब बाझपाटन, आयोजक मेरो नेपाल युवा क्लब बी र संगम एफसी बी चौथो मेरो नेपाल कप खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
बडा दसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा रामेश्वरी उमाविको खेलमैदानमा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा रत्नासेवा समाज कसेरीले रियुनाइटेड एफसीलाई टाइब्रेकरमा २–० ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो खेलमा सत्य युवा क्लब बाझापाटनले एलजी एशोसिएसनलाई १–० ले पराजित ग¥यो। सत्यको जीतमा अजय विकले निर्णायक गोल गरेका थिए। तेस्रो खेलमा आयोजक मेरोनेपाल युवा क्लब बी ले योङस्टार एफसी विजयपुर। लेखनाथलाई २–० ले पाखा लगायो। आयोजक टीमको लागि त्रिदेव गुरुङ र अनिश श्रेष्ठले एक–एक गोल गरेका थिए।
चौथो खेलमा संगम एफसी बीले बी–१३ कमलपोखरीलाई २–० ले पराजित ग¥यो। संगमको लागि टंक गुरुङ र राकेश गुरुङले एक–एक गोल गरेका थिए। मड्डलबार बिहान आठ बजे रत्नासेवा समाज कसेरी र सत्य युवा क्लब बाझपाटनबीच पहिलो तथा नौ बजे मेरो नेपाल युवा क्लब बी र संगम एफसी बी बीच दोस्रो सेमिफाइनल खेल हुनेछ भने फाइनल खेल दिउँसो एक बजे हुने कार्यक्रम संयोजक दिवस कुँवरले जानकारी दिए।
५२ टीमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टीमलाई नगद ८८ हजार आठ सय ८८, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ।
असोज १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अनुशासित टीम, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने प्रचार–प्रसार उपसमितिका संयोजक पृथ्वी कुँवरले जानकारी दिए।

