
नवलपुर । साझा पार्टीले नवलपुर जिल्लाको देवचुली नगर संयोजक घोषणा गरेको छ । शनिबार नवलपुरको दलदलेमा भएको एक कार्यक्रमकाबीच प्रेम भट्टराईलाई नगर संयोजक घोषणा गरिएको हो ।
पार्टीको परम्परा अनुसार माटोको टिका लगाएर भट्टराईलाई गण्डकी प्रदेश संयोजक महेश भण्डारी र नवलपुर जिल्ला संयोजक हरिप्रसाद गौतमले पार्टीमा स्वागत गरेका थिए ।
यस्तै फेन्सी माया महतोलाई साझा महिला संगठन नवलपुरको संयोजक घोषणा गरिएको छ । उनलाई पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्य र केन्द्रिय सदस्य सुशीला केसीले माटोको टिका लगाएर स्वागत गरेका थिए।
पार्टीको नवलपुर जिल्ला सचिवमा विक्रम कार्कीलाई चयन गरिएको छ । देवचुली नगरपालिकाका १३ जना साझा पार्टीमा प्रवेश गरेका छन् | पार्टी प्रवेश गर्नेमा अधिकांश इन्जिनियर र प्राविधिक रहेका छन् ।
कार्यक्रममा पार्टीका प्रदेश समिति सदस्य राम चापागाईंले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण टिएम पौडेलले गरेका थिए।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सुशीला केसी, कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनाल र पार्टीका गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख अमृत पुडासैनी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रदेश कमिटिले अहिले प्रदेशअन्तर्गत विभिन्न जिल्ला नगरमा संगठन विस्तारलाई अगाडी बढाउनुका साथै विभिन्न समसामयिक विषयमा बहस पनि गर्दै आएको छ ।
दिगो विकासका लागी सरकार नै गम्भीर हुनुपर्छ : प्रवक्ता आचार्य
‘दिगो विकासका लागी पूर्वाधार र प्रविधि’ विषयक साझा बहस पनि शनिबार नै सम्पन्न भएको छ । साझा पार्टी नवलपुरको आयोजनामा पार्टीका प्रवक्ता एवं पूर्वाधारविद डा.सूर्यराज आचार्यको उपस्थितिमा सो बहस सम्पन्न भएको हो ।
बहसमा बोल्दै पूर्वाधारविद आचार्यले नेपालको दिगो विकासका लागी सरकार नै गम्भीर हुनुपर्नेमा जोड दिए । हाल भैरहेका विकास निर्माणका कामहरु ठेकेदारको लापरवाही, मापदण्ड विपरित र गैर जिम्मेवारीपूर्वक योजना संचलान गर्नाले विकासको गतिलाई असर पुगेको बताए।
उनले पूर्वाधारको विकास गर्दा त्यससँग जोडिएका अन्तरवस्तुलाई ध्यान दिनुपर्ने धारणा राखे । विकाससँग जोडिएका वातावरण, जीवनशैली र संस्कृतिलाई आत्मसाथ गर्दै विकासका कार्य अगाडी नबढाउने हो भने समृदिको सपना पुरा नहुने उनले जिकिर गरे ।
नेपाल हाल पूर्वाधार निर्माणको आधारभूत पद्दतिमै प्रवेश नगरेको प्रसंग उल्लेख गर्दै डा. आचार्यले नेपालको विकासको लागी घाँटी हेरेर हाड निल्नुपर्ने बताए। साझा बहस कार्यक्रमको सहजिकरण प्रविन काफ्लेले गरेका थिए । पूर्वाधार र विकासमा केन्द्रित सो बहस करिव २ घण्टा चलेको थियो।

